नीताले भिनाजु भन्दा गोविन्दाको चिया डेट अफर !

बलिउडका निकैनै चर्चित अभिनेता गोबिन्दा अहुजा नेपाल आएका छन् । आइतवार राजधानीमा सम्पन्न एलजी फिल्म अवार्डमा सहभागी हुनका लागि उनी आफ्नी छोरी टिनाका साथमा नेपाल आएका हुन् ।

बलिउडका सुपरस्टार गोबिन्दालाई नेपालका ‘ज्वाइँ’ तथा सम्पूर्ण नेपाली युवतीले पनि भिनाजु भनेर भन्ने गर्दछन । हिजो सम्पन्न भएको अवार्ड समारोह मा उप-राष्ट्रियपति भन्दा पनि गोबिन्दाको उपस्थितलाई निकै खास मानिएको थियो ।

साथै आयोतिज समारोहमा बोल्ने क्रममा विभिन्न चलचित्रकर्मी , निर्माता,निर्देशक लगाएतका व्यक्तिहरुले गोबिन्दालाई आफु अगाडी देखेर नर्भस भएको बताएका थिए भने नीताले उनलाई भिनाजु भनेर सोम्बोधन गर्दै भनिन्,, ‘दिदी विवाह गरेपछि भिनाजु त भन्नु पर्‍यो नी ?’नेपाली बोल्न नजाने पनि नेपाली मज्जाले बुझने गोविन्दाले नीताको कुरा सुनेर हासो रोक्न सकेनन ।

समारोहमा बोल्ने क्रममा गोबिन्दाले नीतालाई साली भन्दै जिस्काएका थिए ।’मेरी साली पनि आएकी छिन् रे गोविन्दाले भने, ‘म जुन देश गए पनि यदी कसैले  भिनाजु भनेर बोलाए ऊ नेपालबाट आएको हो भन्ने सम्झिहाल्छु ।’ र संगै बसेर चिया कफी खाउन भने भनि म नाई भन्न सक्दिन, मेरो पहिलो प्रेम नेपाली युवतीसँग भयो’,उनलाई नेपाल अनि नेपाली संग निकै आत्मियता रहेको समेत बताएका छन् । साथै अन्त्यमा उनको फ्राइडे रिलिज फिल्मको ट्रेलर समेत देखाइएको थियो । जसमा उनि फेरी पनि कमेडियनको भूमिकामा देखिएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video