फिल्म ‘चङ्गा चेट’को ‘ढल्की ढल्की नाचन’ बोलको गीत सार्वजनिक

फिल्म ‘चङ्गा चेट’को ‘ढल्की ढल्की नाचन’ बोलको गीत सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले सोमबार युटूव मार्फत उक्त गीत सार्वजनिक गरेको हो ।

फिल्मका मुख्य कलाकार प्रियंका कार्की , आयुशमान देशराज जोशी ,रबिन्द्र झा ,सन्दिप क्षेत्री ,सुरक्ष्या पन्त,परमिता  लगाएतका कलाकारहरुको अभिनय रहेको गीतमा अमोल्दा राना उप्रेतीको स्वर तथा उनकै एरेन्जमेन्ट ,राजेन्द्र भट्टको संगीत तथा प्रविन सिंगको कोरियोग्राफी रहेको छ ।

दिपेन्द्र के.कंडेल निर्देशित फिल्म ‘चङ्गा चेट’मा प्रदिप भारद्वाजको कथा तथा माधव वाग्ले ,शर्मिला पाण्डे निर्माता रहेका छन् भने फिल्ममा प्रियंका कार्की , आयुशमान देशराज जोशी ,रबिन्द्र झा , सन्दिप क्षेत्री ,सुरक्ष्या पन्त,अर्पना थापा ,परमिता राज्यलक्ष्मी राना ,पुस्कर गुरुङ , सरिता गिरि लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म कार्तिक १६ बाट देशव्यापी प्रर्दशनमा आउदैछ ।
हेर्नुहोस गीत:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video