छोटो समयमा उपाधिले थिचिएका अनमोल

सुत्र इन्टरटेन्मेन्ट – अभिनेता अनमोल केसीले संझौता गरेका सिनेमाको लाइनअप हेर्दा ८ वटा पुग्यो । सुटिङको लाइनअप हेर्दा उनी सातौ सिनेमाको काम गरिरहेका छन् । रिलिजको लाइनअप हेर्दा ५ वटा मात्र रिलिज भयो ।
तर, दोश्रो सिनेमा जेरी रिलिज भएपछि नै अनमोल केसीलाई नेपाली फिल्ममा स्टारको ट्याग लाग्यो ।

स्टार अभिनेता भनेर अनमोलको तारिफ हुन थालेपछि उनीमाथि हरेक सिनेमा हिट नै बनाउनुपर्ने दबाब श्रृजना भएको हो ।
पाँचौ सिनेमा कृ रिलिज भएपछि त अनमोल के.सी नेपालमा सबैभन्दा बढी फ्यान भएका हिरो बनेका छन् । ५० लाख पारिश्रमिक त उनलाई निर्माताले सजिलै दिन्छन् ।

अनमोल के.सी माथि अहिले सुपरस्टार, मेघास्टारको ट्याग भिराइएको छ । अनमोल माथि थुपारिएको यो ट्यागले उनीमाथि ठूलो भारले थिचेको छ । अनमोल यो कुरा मान्छन् ।
अनमोलले आफू अहिलेसम्म अभिनय सिक्दै गरेको कलाकार भन्छन् । तर, दर्शक र मिडियाले दिएको ट्यागको वोझ हुने उनको कथन छ ।


सुपरस्टार भूवन के.सीका छोरा भएका कारण पनि अनमोललाई फिल्ममा आउन गाह्रो नभएको हो । अनमोल के.सीका सिनेमा असफल भए भनेपनि उनलाई तत्काल खासै फरक पर्दैन । आफ्नै बाबुको फिल्म खेलेर पनि उनले अझै एक दशक यहाँ काम गर्न सक्छन् । तर, बर्षमा एउटा मात्र सिनेमा खेल्ने, नरम भएर बोल्ने, कडा मिहिनेत गर्ने बानीले अनमोलका फ्यान बढेका छन् ।

अनमोल के.सीमाथि अहिले नै सुपरस्टार, मेघास्टारको ट्याग भिराउनु त्यती सही नहुने तर्कहरु पनि आउँछन् । किनकी, सातौ सिनेमा गर्दै गरेका एक अभिनेतालाई यो उपाधि दिदा उनीमाथि वोझ थुप्रिने र त्यसले असर पार्ने विश्लेषण पनि सुनिएको हो । अनमोल के.सी पनि यो कुरा मान्छन् । यसैले अहिले अनमोललाई चल्नै पर्ने, असफल हुने त छुट नै छैन भनेजस्ता प्रतिक्रिया दिदा उनले काम गर्ने बाटो बिग्रन सक्छ ।

नेपाली सिनेमाले गुमाउँदै गएको स्टारडमको छविलाई अनमोलले फेरि पर्दामा फर्काएका हुन् । उनले फर्काएको स्टारडमको फाइदा अहिले उदाएका नयाँ अभिनेताहरुलाई पनि भएको छ । यही भएर पनि उनीमाथिको यो बोझ कम भएन भने उनलाई लामो समय चल्न गाह्रो पर्न सक्छ । बक्स अफिसको भारले एउटा कलाकारलाई फरक काम गर्न प्रेरित गर्दैन । उ जेमा चलिन्छ, त्यसमै रमाउन थाल्छ । यसैले बक्स अफिसको भारले अनमोललाई अहिले नै नथिच्दा वेस होला ।

 

यो पनि पढ्नुहोस्ः

जापानको टिकट छोड्दा प्रदिपलाई लड्डु !

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.