सेल्फिको साथमा ’अनुराग’को कलेज क्याम्पियन सुरु !

असोज १२ गतेबाट देशब्यापी प्रर्दशनमा आउन लागेको फिल्म ‘अनुराग’ निर्माण टिमले यतिबेला कलेज क्यापियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा फिल्म निर्माण टिम र कलाकारहरु पुगेर फिल्मको प्रचारप्रसार गरिरहेको फिल्म प्रस्तुतकर्ता ऋषिराज धमालाले बताएका छन् ।

‘अनुराग’ टिम आइतबार फिल्मका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डितका साथै निर्माण टिम जोरपाटी स्थीत समता कलेज र कौशलटार स्थीत जनप्रेमी कलेज पुगेका थिए । एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ अटोग्राफका साथमा फोटो समेत खिचेका थिए ।

पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्ममा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । यो अनुराग निर्देशक सत्यराज चौलागाईंको डेब्यु फिल्म हो । फिल्ममा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म अनुराग एक पृथक संगीतिक प्रेमकथाममा आधारित रहेको नायिका अलिजा गौतमले बताएकी छिन् । फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाईको पटकथा तथा संवाद रहेको फिल्ममा राम कुमार केसीको छायाँकन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.