पार्किन्सस रोगको शल्यक्रिया पश्यात कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार

बिगत ९ वर्ष देखि पार्किन्सस रोगबाट पिडित रहेका वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रिया पश्यात अहिले उनको स्वास्थ्यमा सुधार आएको छ ।

अन्नपूर्ण न्यूरो अस्पतालले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार डाक्टर वसन्त पन्तले पार्किन्ससको शल्यक्रिया गरेको थिए ।

अस्पतालबाट जारी विज्ञप्तिमा अनुसार, कलाकार श्रेष्ठमा नौ वर्षदेखि पार्किन्सस रहेको र बिगत चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या हुन थालेपछि अहिले दिमागको देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको त्यस्तो व्यक्ति हुन जसको पहिलो पटक नेपालमा पार्किन्सस रोगको शल्यक्रिया गरिएको हो । उनको शल्यक्रियापछि अब पार्किन्सस रोग उपचार सेवालाई अस्पतालले नियमित रुपमा सञ्चालन गर्ने समेत जनाएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.