‘धुम ३’ लाई दियो सेन्सर बोर्डले पिजी सर्टिफिकेट

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य अभिनय समेत रहेको चलचित्र धूम ३ ले पिजी सर्टिफिकेट पाएको छ । आउँदो शुक्रबार देखि अल नेपाल रिलिजको तयारीमा रहेको यस चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको हो । जसले गर्दा १६ वर्ष मुनिका दर्शकहरुले यो चलचित्र हेर्न जाँदा अभिभावक सहित जानु पर्ने भएको छ ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र धूम ३ लाई जाहन्बी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुत गरेका छन् भने फिल्ममा टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायाँकन, हिमाल के.सी.को द्वन्द, तुलसी बाँस्कोटाको सम्पादन एवम जय किशन बस्नेत र शिव बि.क.को नृत्य निर्देशन रहेको छ । हजारौंको संख्यामा ट्रोलहरु बनाएर सामाजिक सञ्जालहरुमा ब्यापक चर्चा बटुलि रहेको यस चलचित्रमा जयक किशन बस्नेत सहित एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम के.सी., सपना श्रेष्ठ, सुरबिर पण्डित लगायतका कलाकारहरुले अभिनय रहेको छ

फिल्म अशोज ५ गते बाट देशब्यापी प्रर्दशनमा आउदैछ ।
यो पनि हेर्नुहोस् :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.