‘प्रसाद’को सम्पूर्ण कथा समेटिएको’लै लै’बोलको लिरिकल भिडियो सार्वजनिक

फिल्म प्रसादको ‘लै लै’ बोलको गीतको लिरिकल भिडियो सहित फिल्मको फस्टलुक सार्वजनिक भएको छ । युट्युबमार्फत्  सार्वजनिक लिरिकल भिडियो गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको फिचरिंग रहेको छ ।

निसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा समेटिएको फिल्म ‘प्रसाद’मा विपिन र नम्रताले दम्पत्तिको भुमिकामा देखिएका छन् । भने सार्वजनिक लिरिकल भिडियोमा विपिनलाई दर्जीको भुमिकामा देख्न सकिन्छ ।

गीतमा केतन क्षत्रीले स्वर , गणेश शाही लेखन , सुवाष भुषालको संगीत तथा उदयराज पौडेलले एरेन्ज रहेको छ भने फिल्ममादिनेश राउतको निर्देशन , सुवास थापाको निर्माण, पत्रकार सुशील पौडेल पटकथा तथा संवाद रहेको छ । ‘लै लै’ बोलको गीतमा निर्देशक दिनेश राउतले फिल्म प्रसादको सम्पूर्ण कथालाई समेटेका छन् ।

फिल्म मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउँदैछ ।
हेर्नुहोस् गीत:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.