आँचलको रोमान्स सुजन मार्पा र भिमफेदि गाईजसंग

नेपाली म्युजिक भिडियोमा पहिलोपटक दुईवटा ग्रुप एकैसाथ देखिएका छन् । भारतको चर्चित रियालिटी शो बाट चर्चा कमाएका सुजन मार्फा तामाङ्को एलिड २० क्रिउ र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देखिएको हो ।

भिडियोमा दुई ग्रुपसंग चर्चित मोडल तथा नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन् । दिपक आचार्यको शब्द तथा मिष्टर  जे को संगीत रहेको गीतमा महेश भडारी र मिष्टर आर।जे।को आवाज सुन्न सकिन्छ ।

रेलिमाई बोलको उक्त गीतलाई यसदिप मोभिजले बजारमा ल्याएको हो । गीतको भिडियोमा दुई ग्रुपका साथ आँचलले पहिलोपटक अभिनय गरेकी हुन् भने दुई ग्रुप सहित आँचल शर्मालाई एकसाथ भिडियोमा ल्याउने काम गरेका छन् निर्देशक दिपक आचार्यले । रबिन्द्र बरालको छांयाकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । मधु आचार्यको व्यवस्थापन रहेको उक्त भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.