किन भयो सलमानको फिल्म ‘लभरात्री’को नाम ‘लभयात्री’

बलिउडका चर्चित अभिनेता सलमान खानको प्रोडक्शन हाउसबाट निर्मित फिल्म ‘लभरात्री’ को नाम फेरिएको छ । फिल्म बन्नु अघि ‘लभरात्री’ बन्ने घोषणा गरेका फिल्मको पोस्टर अहिले ‘लभयात्री’ मा परिवर्तन भएको छ । मेकर्सले पछि फिल्ममा आउन सक्ने विवादबाट अगाडीनै सतर्कता अपनाउदै फिल्मको नाम परिवर्तन गरेका हुन् ।

फिल्मको नाम हिन्दूहरुको महान पर्व नवरात्रीसँग मिल्दोजुल्दोे राखिएको थियो । यो यसकारण कि फिल्मको थीम र कहानी यो नामसँग मिलेको थियो । तर, कयौं व्यक्तिले नाममा आपत्ति जनाएका थिए ।

फिल्मको ट्रेलर रिलिज भए संगै फिल्मको नामलाई लिएर विरोध हुन सुरु भएको थियो । भने एक वकीलले बिहारको कोर्टमा फिल्मको टाइटललाई लिएर मुद्धा पनि दर्ता गरेका थिए ।

मंगलवार फिल्मको नयाँ नामको  पोस्टर सार्वजनिक भएको छ । जसलाई सलमानले शेयर गर्दै,’यो कुनै स्पेलिङ मिस्टेक होइन’ भनेर लेखेका छन् ।

फिल्ममा सलमान खानका ज्वाइँ आयुष शर्माले डेब्यु गर्दैछन् भने उनको अपोटिजमा वरीना हुसेन रहेकी छिन । फिल्मलाई अभिराज मीनावालाले निर्देशन तथा नरेन भट्टले लेखेका हुन् ।

फिल्म ५ अक्टूबरबाट प्रर्दशनमा आउदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.