नेपालको अवार्ड पाउने र दिनेलाई बाहेक अरुलाई छैन मत्तलव

सुत्र इन्टरटेन्मेन्ट – किन्नेले जस्तो पनि किन्न तयार हुन्छ, वेच्नेले इज्जत नै ख्याल नगरी बेच्छ र त्यसमा राज्य मौन बस्छ भने कसैको केही लाग्दैन ।
अहिले नेपाली सिनेमाको अवार्डमा हुने गरेको खरीद र विक्रीको प्रकरण पनि यस्तै हो ।

अवार्ड आयोजना गरेर बेच्नेले बेचेकै छन्, किन्नेले पनि मुल्य तिरेर किनेकै छन्, फिल्मका संघसंस्था र विकास बोर्ड बोलेको छैन । अनी, यो खुल्लम खुल्ला वेइज्जतको काम गर्नेले गरेकै छन्, हेर्नेले हेरेकै छन् ।
हरेक बर्ष जब अवार्डको मौसम सुरु हुन्छ, दर्जन बढी निकाय अवार्ड गर्न तम्सिन्छन् । आयोजकले फर्म भर्न सुरु गरेदेखि नै फिल्म बनाउनेसँग पैसा लिन्छ । अवार्ड वितरण गर्ने बेलामा टेबुलमुनीबाट काम हुन्छ भन्ने त सबैलाई थाहा छ ।

यसैले पनि होला, अवार्डको नोमिनेशनबाट सुरु भएको विवाद अवार्ड वितरण भएपछि त मेट्न नमिल्ने गरेर फोहोरी हुन्छ । नेपालमा आयोजना हुने एउटा पनि अवार्ड त्यस्तो छैन होला, जसमा जानका लागि कलाकार, पत्रकार, दर्शक उत्साहित छन् । अहिले आयोजना हुने अवार्ड न दर्शकलाई कुनै मत्तलव छ न फिल्मीकर्मीलाई । जसले पाउने हो, उसलाई मतलब छ, जसले दिने हो उसलाई छ ।

हुनत, नेपालमा आयोजना भएका अवार्डका लागि जो जो कलाकार मरिहत्ते गर्छन्, उनीहरुलाई विदेश जाने मोह रहेको भन्ने आरोप समेत लाग्ने गरेको छ । विदेश जानका लागि अवार्ड महत्वपूर्ण हुने भएकाले उनीहरुले अवार्ड नै खरिद गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

तर, धेरै कलाकार अवार्ड पाउदा फुरुङ्ग पर्ने र फिल्म क्षेत्रमा आफ्नो रवाफ देखाउन पाउने भएकाले पनि यसका लागि मरिहत्ते गर्छन् ।
अहिले अवार्ड कसले पाउँछ भन्ने कुरा ठ्याक्कै भन्न सकिन्छ । अवार्ड लिन जो जो पुग्छन्, सहजै उसले अवार्ड पाउँछ भन्ने थाहा हुन्छ र पाएका पनि छन् । अवार्ड नपाउने त अहिले कार्यक्रममा जानै छाडेका छन् ।

गतबर्ष फान अवार्ड हुँदै गर्दा चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले अवार्डमा कलाकारलाई आकर्षित गर्न सक्नुपर्ने बताएकी थिइन् । तर, उनै सरिता महासचिव रहेको कलाकार संघले नै अवार्डलाई भव्य, सव्य र सबैलाई आकर्षित गर्न सक्ने खालको बनाउन सकेको छैन । बरु, चलचित्र कलाकार संघको रामकेशर बोगटी नेतृत्वको टिमले अरु केही काम गर्न नसकेर अवार्ड बल्लतल्ल गरिरहेको छ ।

भारतमा पनि दर्जनौ अवार्ड आयोजना हुन्छन् । दर्जनौ अवार्डमध्ये केही यस्ता अवार्ड छन्, जुन अवार्ड पाउन कलाकारलाई पनि मोह छ । तर, नेपालमा अवार्डको संख्या दर्जन छन् तर मोह शुन्य ।
अवार्ड धेरै गर्दैमा कलाकारको र फिल्मको प्रोत्साहन हुने होइन । कम गरौ तर राम्रा गरौ । होइन भने अवार्ड लिन आइदेउन भन्दा पनि कलाकार नपुग्ने अवस्था आउला ।

अहिले त कमसेकम १–२ जना पुगेका छन् ।
अनी, अवार्डका लागि फिल्म दर्ता गर्नेहरुले पनि यसको प्रकृति, तरिका र विश्वसनियता हेरेर फिल्म दिन आवश्यक छ ।

यो पनि पढ्नुहोस्ः

गोविन्दाको फुलबुट्टा भरेर सकिएको अवार्ड

भिडियो हेर्नुस

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.