‘फूल टिप्दा’को म्युजिक भिडियो सार्वजनिक

पछिल्लो समय उत्कृष्ट गीतहरु कमै मात्रमा बन्ने गर्दछन् । यस्तैमा एक उत्कृष्ट गीत ‘फूल टिप्दा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक ज्ञान सुब्बाको स्वर सुन्न सकिन्छ ।  गायक सुब्बाको स्वरमा यसअघि हावाले पनि ,बहार तिमि ,यति धेरै माया नदेउ , झुकिएर लाए माया लगायतका गीतहरु बजारमा आइसकेका छन ।

हाङयुग अज्ञातको शब्दमा दिनेश सुब्बाको सङ्गीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् भने मिक्सिङ मीन विष्टको रहेको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा अनिश मगर र रेखा लिम्बूको अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई श्याम न्यौपानेले सम्पादन गरेका छन् ।

हेर्नुहोस् गीत :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.