साम्राज्ञीको बोल्ड अवतारमा फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को रोमान्टिक गीत सार्वजनिक

अशोज ५ गतेबाट प्रर्द्शनमा आउन लागेको फिल्म फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को समावेस अर्को गीत सार्वजनिक भएको छ ।

प्रचारप्रसारमा ब्यस्त रहेको फिल्म निर्माण टीमले युटुबमार्फत ‘आइएम इन्टु, सी इज मिन्टु’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो ।  गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर फिचर रहेका छन् । गीतमा सुजिल कर्माचार्यको शब्द संगीत ,सुजिलकै स्वर तथा बिक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

रेनशा वान्तवा राईको निर्देशनमा बनेको फिल्मलाई आइकोर फिल्मस् ले निर्माण गरेको हो । फिल्ममा साम्राज्ञी र धिरजसँगै सारुक ताम्राकार, विजय लामा, दिलभुषण पाणक, रुवी राणा, विवेक लिम्बु लगायत कलाकारहरु मुख्य अभिनय रहेको छ  ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.