नेपाल आइडलका प्रताप दासको स्वरमा फिल्म अनुरागको ‘तिम्रो स्वरमा ‘बोलको गीत सार्वजनिक

असोज १२ गतेबाट देशब्यापी प्रर्दशनमा आउन लागेको फिल्म ‘अनुराग’ निर्माण टिम यतिबेला प्रचारप्रसारमा व्यस्त रहेको बेला फिल्ममा समावेस ‘तिम्रो स्वरमा’बोलको दोस्रो गीत सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले आज युटूबमार्फत उक्त गीत सार्वजनिक गरेको हो ।

प्रताप दासको स्वर ,सरोज पोखेरलको संगीत , उदय राज पौडेलको एरेन्जमेन्ट तथा समुन्द्र पण्डितको फिचर रहेको छ ।

पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्ममा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । यो अनुराग निर्देशक सत्यराज चौलागाईंको डेब्यु फिल्म हो । फिल्ममा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित, ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.