अस्कर अवार्डको लागि छनोटमा फिल्म ‘पंचायत’

सामाजिक विषय वस्तुमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘पंचायत’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डको छनोटमा परेको छ ।
एकेडेमी अफ मोशन पिक्चर आटर््स एण्ड साइन्सेस्द्वारा सन् २०१९ मा घोषणा गरिने ९१औं एकेडेमी अवार्ड अस्कर अवार्डमा विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा प्रतिस्पर्धी बन्नका निम्ति तीन फिल्महरू “तान्द्रो”, “पञ्चायत”, तथा “माइ लभ प्रोमिश फर काठमाडौं दर्ता हुन गएका थिए ।

उक्त तीनवटा फिल्महरू एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति विदेशी भाषी सर्वोत्कृष्ट फिल्म छनोट समिति नेपालबाट फिल्म “पञ्चायत” छनौट गरेको समितिले जनाएको छ । छनौट समितिमा संयोजक श्री बिमल पौडेल, सदस्यहरूः प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तीमल्सेना, लोकेन्द्र पराजुली कपील, चिरञ्जीवी गुरागाइ रहेका थिए ।

शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको ‘पन्चायत’ लाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा सरोज खनाल, नीता ढुंगाना , रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.