माग्ने बुढा र धुर्मुसको सम्बन्ध कहिले बलियो कहिले कमजोर

सुत्र इन्टरटेन्मेन्ट – हाँस्य अभिनेता सिताराम कट्टेलको जन्मदिनमा उनका साथी अर्का हाँस्य अभिनेता केदार घिमिरेले सधै एउटै फोटो फेसबुकमा राख्छन् र उनलाई शुभकामना दिन्छन् ।
यो फोटोमा सिताराम र केदारको माया र विगत मिसिएको छ । जिन्दगीको कुनै पलमा राजधानीमा संघर्ष गरिरहेको समयमा यी दुइसँग मिठो खाने र राम्रो लाउने पैसा थिएन । तर, उनीहरुविच मिठो मित्रता थियो ।


सितारामको जन्मदिनमा शुभकामना दिन आइपुगेका केदारले उक्त फोटोको रहस्य खुलाएका हुन् । उनले, कोठामा बस्दा एक मख पानीले टाउको धोएर खिचाइएको तस्बिर भएकाले पनि आफ्ना लागि विशेष भएको बताए ।
केदार र सितारामको सम्बन्ध कहिले कसिलो छ भने कहिले नमिठो छ । हाँस्य सिरियल मेरी बास्सै निर्देशन गरेर आफूहरुले पनि काम गरेपछि यी दुइलाई धुर्मुस र माग्ने बुढा नामले दर्शकले चिनेका थिए । आज पनि धुर्मुस र माग्ने बुढा नै उनीहरुको परिचय बनेको छ ।

मेरी बास्सै हिट हुँदै गर्दा धुर्मुस र माग्ने बुढाले नाम र दाम कमाए । तर, उनीहरुको सम्बन्धमा खटपट भयो । यसपछि यी दुई अलग्गिए । अलग्गिएर टाढा रहँदै गर्दा यी दुइविचको सम्बन्धमा खटपट मात्र भएन बोलचाल नै नहुने अवस्थामा पुग्यो । सिरियल बन्द भयो तर यी दुइको अलग अलग यात्राको ढोका खुल्यो । माग्ने बुढा दिपकराज गिरी र दीपाश्री निरौलाको टिमसँग मिलेर फिल्म बनाउने काममा लागे भने धुर्मुस समाजसेवामा लागे ।

दुबै आफ्नो नामले आज देश र विदेशमा प्रिय छन् । सम्बन्धमा सुरुमा मिलन, विचमा विछोड र अहिले फेरि मिलनको विन्दुमा छन् उनीहरु ।
अब यी दुइले सँगै काम गर्ने संभावना तत्काललाई छैन । तर, दर्शकको मनमा बसेका धुर्मुस र माग्ने बुढा अहिले एक अर्काको अनुहार हेर्न नसक्ने अवस्थामा छैनन् ।
यी दुइको संघर्षको कथा र सफलताको कथा रोचक छ । तर, नेपाली हाँस्य क्षेत्र र समाजसेवामा धुर्मुस र माग्ने बुढाको नाम उच्चताको साथ लिने गरिन्छ ।

हेर्नुस भिडियो


यो पनि पढ्नुहोस्ः

नेपालको अवार्ड पाउने र दिनेलाई बाहेक अरुलाई छैन मत्तलव

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.