फिल्म ‘इन्टु मिन्टू लण्डनमा’ले गर्यो अहिले सम्मकै सबैभन्दा ग्राण्ड प्रिमियर

अशोज ५ अर्थात आजबाट देशब्यापी प्रर्दशनमा आएको फिल्म ‘इन्टु मिन्टू लण्डनमा’ले बिहिवार राजधानी स्थित रहेको बिग मुभिजमा आफ्नो ग्रान्ड प्रिमियर शो सम्पन्न गरेको छ । फिल्मले सम्पूर्ण फिल्म निर्माण टिम, कलाकार तथा पत्रकारहरुकाबीच अहिले सम्मकै सबै भन्दा ग्रान्ड प्रिमियर गरेको छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित रहेर निर्माण भएको फिल्मको शो हेर्ने दर्शक कलाकार देखि लिएर सम्पूर्णले फिल्म निकै नै उत्कृष्ट रहेको बताएका छन् । ७० प्रतिसत छायांकन लण्डनमा र ३० प्रतिसत छायांकन नेपालमा गरिएको फिल्ममा लण्डन र नेपालका निकै रमणीय दृश्यहरु समेटिएको छ ।

रेनशा वान्तवा राईको निर्देशनमा बनेको फिल्मलाई आइकोर फिल्मस् ले निर्माण गरेको हो । फिल्ममा साम्राज्ञी र धिरजसँगै सारुक ताम्राकार, विजय लामा, दिलभुषण पाणक, रुवी राणा, विवेक लिम्बु लगायत कलाकारहरु मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.