कलरफूल रेड कार्पेटमा हिरोइन र निर्देशकको चिसिएको मन ( रेड कार्पेट रिभिउ )

सुत्र इन्टरटेन्मेन्ट – रेड कार्पेट भनेको के हो ? रेड कार्पेट किन ओच्छ्याइन्छ ? नेपाली फिल्म बनाउनेहरुको ढंग नपुग्दा रेड कार्पेटको महत्व नै बन्न सकेको छैन ।
कलरफूल गीत बनाउन सिपालु निर्देशक रेनशा वान्तवा राइको सिनेमा इन्टु मिन्टु लण्डनमाको प्रिमियर पनि कलरफूल नहुने कुरै भएन ।

बीग मुभिजको तल्लो फ्लोरमा सजाइको रेड कार्पेट, एलइडीले साच्चै माहोल गर्माएको थियो ।
रेड कार्पेटको साजसज्जा देखेर पत्रकारहरुले पनि प्रशंसा गरेका थिए । रेड कार्पेटको सुरुवातमा जति प्रशंसा थियो, पछि सकिने बेलामा फिक्का भयो ।
रेड कार्पेटको महत्व त्यसमा हिड्नेले पनि वुझेका छैनन्, किन ओच्छ्याइन्छ भन्ने पनि थाहा छैन ।


रेड कार्पेटमा सिनेमाका हिरो धिरज मगर, सारुक ताम्राकार र निर्देशक रेनशा वान्तवा आइपुग्दासम्म जति चमक थियो, उनीहरु स्टेजमा पुग्दासम्म सकियो ।
पछि आउने कलाकारलाई निमन्त्रणा गरेको फिल्मको टिमले महत्व नै दिएन । आफ्नै सुरमा आए, फिल्म हेरे र फर्किए कलाकार ।
रेड कार्पेटमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्देशक रेनशा वान्तवा राइविचको लफडा पनि देखियो । साम्राज्ञी एक्लै रेड कार्पेटमा आउँदा रेनशाले दुई हिरोहरु धिरज मगर र सारुक ताम्राकारलाई ल्याएकी थिइन् । उनी, साम्राज्ञीसँग दिल खोलेर बोल्न पनि चाहिनन् ।

साम्राज्ञी सिनेमाको प्रचार छाडेर जापान उडेपछि रेनशा उनीसँग विच्किएकी हुन् । यसैले फिल्मको रेड कार्पेटमा रेनशाले साम्राज्ञीलाई त्यती महत्व नै दिइनन् ।
यही भएर होला, साम्राज्ञीले पनि रेनशा रुदा खासै महत्व नै दिइनन् । रेड कार्पेटमा नम्रता श्रेष्ठ, झरना थापा, वेनिशा हमाल, केकी अधिकारी लगायतका अभिनेत्री हिडेका थिए ।

नम्रताको आकर्षक पहिरन र सुन्दर रुप अरु हिरोइनलाई नै कमजोर बनाउने खालको थियो ।
इन्टु मिन्टु लण्डनमा फिल्म जस्तै प्रिमियर पनि कलरफूल नै गरिएको छ । सिनेमाको वुकिङ शुक्रबार र शनिबार आक्रामक छ । धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी सारुकको कामलाई दर्शकले मन पराएका छन् ।

रेड कार्पेट भिडियो 

फिल्म रिभिउ

यो पनि पढ्नुहोस्ः

इन्टु मिन्टुको प्रेमिएर शो भब्य रुपमा सम्पन्न ( फोटो / भिडियो फिचर )

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.