फिल्म ‘दि कर्मा’को फर्स्टलुक संगै प्रदर्शन मिति तय

भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको फिल्म ‘दि कर्मा’ को फर्स्टलुक भिडियो सार्वजनिक भएको छ । अभिनेता करण मात्र फिचर्ड रहेको भिडियोमा उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर आज युट्युबमार्फत फस्टलुक सार्वजनिक गरिएको छ ।

एक्सन जनारामा निर्माण भएको फिल्ममा जय राज रायको निर्माण तथा देव कुमार श्रेष्ठको निर्देशन रहेको छ । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । फिल्मका गीतमा रामजी लामिछानेको कोरियोग्राफी, काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको रहेको फिल्मम कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।

फिल्ममा निता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म मंसिर ७ गतेबाट देशब्यापी प्रदर्शमा आउदैछ ।

भिडियो:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.