छक्का पन्जा ३ को ट्रेलरमा कमेडी कि बिषय ? ( ट्रेलर रिभिउ )

सुत्र इन्टरटेन्मेन्ट – प्रतिक्षित फिल्म छक्का पन्जा ३ को ट्रेलर बल्ल बाहिर आएको छ । सार्वजनिक भएसँगै यसको बिषयलाई लिएर टिप्पणी सुरु भएको छ ।
यसपटक निर्देशक दिपाश्री निरौला र निर्माता दिपकराज गिरीले ट्रेलरमा कथावस्तुलाई पनि खुलाएका छन् ।

विद्यालयमा हुने गरेको राजनीति, राजनीतिका कारण सरकारी विद्यालयमा देखिएको कमजोर नजितालाई कमेडीको बिषयमा सिनेमामा प्रस्तुत गरिएको छ ।
सिनेमाको ट्रेलरमा कमेडी संवादहरु धेरै छन्, तर केही संवाद मात्र क्याची छन् । क्याची संवादमा जितु नेपालमा क माने कछुवा, वुद्दि तामाङको प्याडम्यानले दर्शकलाई तान्न सक्छ ।

अन्य संवादहरुमा कलाकारको भूमिका मात्र देखाउन खोजिएको छ । सिनेमामा यसपटक धेरै कलाकार लुकेका छन् । मुख्य भूमिकामा रहेकी भनिएकी प्रियंका कार्कीलाई नै ट्रेलरबाट गायब गरिएको छ ।
स्वस्तिमा खड्का, बर्षा राउत त गीतमा मात्र भएकाले ट्रेलरमा अटाउने कुरै भएन । दिपिका प्रसाई विद्यालयको शिक्षिकाको भूमिकामा छिन् । दिपकराज गिरीले गाउँमा राजनीति गर्ने क्यारेक्टर निर्वाहा गरेका छन् ।

छक्का पन्जा र छक्का पन्जा २ मा उठान गरिएको वैदेशिक रोजगार, बिबाहको कथा यसमा छैन । यसपटक राजनीतिले शिक्षामा निम्त्याएको विकृतीलाई उठान गरिएको छ ।
यो ट्रेलरले मिश्रित समिक्षा पाइरहेको छ । छक्का पन्जाले दर्शक हसाउँछ । यसपटक पनि दर्शक त हाँस्नेछन् । तर, यसपटक गम्भिर बिषयमा पनि दर्शकको ध्यान खिचिनेछ ।

ट्रेलरको मेकिङ सामान्य हो, फिल्म कस्तो छ असोज २४ गतेपछि थाहा हुनेछ ।

ट्रेलर हेर्नुस 

ट्रेलर रिलिज कार्यक्रमको भिडियो हेर्नुस

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.