साम्राज्ञी रवाफ

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री रेखा थापापछि कुनै अर्की हिरोइनको जन्म नेपाली फिल्ममा भएको छ, जो हिरोलाई चुनौती दिने आँट गर्दैछिन् । रेखा थापाले हिरो नै आफू भन्दै सिनेमामा आफूलाई नै हाबी बनाएकी थिइन् । रेखा थापाले काम गरेको सिनेमामा हिरोको काम पनि छैन भनिन्थ्यो । रेखा थापापछि आएकी र केही बर्ष नम्बर १ को स्थानमा बसेकी प्रियंका कार्कीले आफूलाई बलियो बनाइनन् । उनले बरु चलेका हिरो र ब्यानरको पछि लागेर आफूलाई नम्बर १ हिरोइन मात्र बनाउन खोजिनन्, हिरोसँग प्रतिस्पर्धा चाहिनन् ।

प्रियंकाको अनुहार विक्न छाड्दै गर्दा उदाएकी साम्राज्ञी राज्यलक्ष्मी शाहमा अब त्यो रवाफ देखिन थालिएको छ । साम्राज्ञी नेपालमा हिरोका कारणले मात्र सिनेमा चल्ने कुरामा ठाडै धावा बोल्न थालेकी छिन् । साम्राज्ञीको यो आत्मविश्वासले काम ग¥यो भने उनी नेपाली सिनेमामा रेखा थापापछिकी सुपरस्टार अभिनेत्री हुनेछिन् । साम्राज्ञीले गोपिकृष्ण हलमा आयोजना भएको पत्रकार भेटघाटमा आफूले आफूलाई सधै नै माथि सोच्ने गरेको बताइन् ।

अभिनेताले गर्दा सिनेमा चल्छ भन्ने निर्मातालाई उनको ठाडै चुनौती थियो । होइन, अब अभिनेत्री पनि सुपरस्टार छन् र उनीहरुको अनुहारले पनि हलमा दर्शकको भिड लगाउन सक्छ भन्ने साम्राज्ञीको बयान थियो ।
साम्राज्ञीले हिरोलाई आफू चाहिने बताएर हिरो प्रधान सिनेमा इन्डष्ट्रीमा धावा बोलिसकेकी छिन् । साम्राज्ञीले अझै सिनेमा हिट दिइन् भने उनले सुपरस्टारडमको परिभाषा हिरोबाट हिरोइनमा सार्ने बाटो सोचेकी छिन् ।

अब, साम्राज्ञीको यो सोचलाई साथ दिन अरु हिरोइन अगाडि सर्छन् या सर्दैनन् भन्ने पनि छ । अरु हिरोइनले साम्राज्ञीका ठूला कुरा भन्दै हिरोको पछि नै लुत्रुक पर्न थाले भने उनलाई अप्ठ्यारो पर्न सक्छ ।
साम्राज्ञीको यो रवाफ कतिको गज्रिएको हो ? समयले विस्तारै बताउँदै जानेछ ।

यो पनि पढ्नुहोस्ः

इन्टु मिन्टुको प्रेमिएर शो भब्य रुपमा सम्पन्न ( फोटो भिडियो फिचर )

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.