अभिनेत्री विपना थापाले गरिन नील डेविड सलूनको उद्घाटन

अन्तराष्टिय रुपमै परिचित हेयर स्टाइलिस्ट नील डेविड कटवालले शनिवार भारतको राजधानी नया“ दिल्लीमा आफ्नो नया“ नील डेविड हेयर एण्ड ब्यूटी सलून उद्घाटन गरेका छन् । दक्षिण दिल्लीको लाजपत नगर–२ मा सञ्चालनमा आएको उक्त सलूनमा नील डेविडले उपस्थित अतिथि, सञ्चारकर्मी तथा प्रसंसकहरुलाई कैंची र रेजरमा आफ्नो हातको पकड तथा कलात्मक शैलीबाट रोमाञ्चक गरिदिएका थिए । उद्घाटन समारोहमा नील डेविडले प्रस्तुत गरेको विशेष कलाले धेरैलाई अचम्ममा पा¥यो, जहा“ उनले नेपाली अभिनेत्री विपना थापाको केशलाई आकर्षक स्वरुप प्रदान गरेका थिए । नया“ दिल्लीमा नील डेविडको यो दोस्रो सलून हो ।

नील डेविडको हेयर एण्ड ब्यूटी सलूनका शाखाहरु नेपालको काठमाडौंसहित विभिन्न शहरहरुमा विस्तार भैसकेको छ भने भारतमा पनि विभिन्न चार वटा राज्य तथा १० शहरहरुमा विभिन्न ५० शाखा सञ्चालनमा छन् । यसका साथै सलूनको शाखालाई अस्ट्रेलिया तथा लण्डनमा पनि चाडै नै सञ्चालनमा ल्याइने उनले घोषणा गरिसकेका छन् ।

नया“ दिल्लीको मुटुमा नया“ हेयर एण्ड ब्यूटी सलून उद्घाटन समारोहलाई सम्बोधन गर्दै नील डेविडले भने– ‘यसप्रकारको नया“ सलून खोल्ने हाम्रो उदेश्य भनेकै कुनै पनि इच्छुक व्यक्तिसम्म सजिलै हाम्रो पहुंच पु¥याउनु तथा उसको लुक बदल्नु नै हो । आफ्ना ग्राहकहरुलाई राम्ररी बुझ्नु र फेसनेवल देखिनका लागि सहयोग पु¥याउने हाम्रो मुख्य लक्ष्य हो । हामी परम्परागत शैलीको स्टाइलिङमात्र होइन विज्ञानमा आधारित स्टाइलिङ पनि प्रदान गर्छौं । हाम्रा यसअघिका सलूनहरु जस्तै यो सलून पनि गुणस्तरको दृष्टिकोणले उच्च सेवा प्रदान गर्दै ग्राहकहरुको एउटा ठुलो समुदायलको पहिलो गन्तब्य बन्ने छ भन्ने कुरामा आशावादी छु ।’

नील डेविड हेयर एण्ड ब्यूटी सलून पहिलो पटक सन् २००६ मा काठमाडौंमा सञ्चालनमा आएको थियो । सन् २०२२ सम्ममा यसका आउटलेटहरुको संख्या १ सय सम्म पु¥याइने लक्ष्य छ । नील डेविड अन्तर्रा्ष्ट्रिय स्तरमै सर्टिफाइड हेयर स्टाइलिस्ट तथा मेकअप कलाकार हुन् । दिल्ली, थाइल्याण्ड, सिंगापुर जस्ता देशमा रहेका विभिन्न एकेडेमीहरुमा आफ्नो प्रतिभा निखारिसकेका नील डेविड नेपालकै पहिलो अन्तर्रा्ष्ट्रिय हेयर स्टाइलिस्टको रुपमा चिनिन्छन् । नील डेविडले क्रिस्टिन ब्लंडेलसंग पनि प्रशिक्षण लिएका छन् जो ओस्कार अवार्ड विजेता हलिउड अभिनेत्री हुन् । उनले टोनी एण्ड गाय (लण्डन) बाट पनि प्रशिक्षण लिएका छन्, जसलाई क्रिएटिभ हेयरस्टाइलिङको प्रीमियर इन्स्टिच्युट मानिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.