बलिउडका बादशाहले सुनाए आफ्नो दर्दनाक प्रेम कहानी, भावुक भए दर्शक ! भिडियो सहित

बलिउडका बादशाह नेपाल आइपुगेका छन् । शनिवार राजधानीमा आयोजित स्ट्रिट फेसटिभलमा आफ्नो प्रस्तुति दिनको लागि आफ्नै म्युजिक ब्याण्ड र दुई गायक गायिका सहित उनि सोहिदिन बिहान १० बजे नेपाल आइपुगेका थिए ।

हिजो सम्पन्न स्ट्रिट फेसटिभलमा गायिका इन्दिरा जोशी ,एड रे ,द एड्ग्य ब्याण्ड , भारतबाट बादशाहको साथमा आएकी गायिका आस्था गिल तथा बादशाहले आफ्नो धमाकेदार प्रस्तुती दिएका थिए ।

दिउसो २ बजेबाट सुरु भएको कन्सर्टमा सर्वप्रथम इन्दिरा जोशीले मोटर साइकलमा , उद्रेको चोली लगाएतका गीत गाएर दर्शकलाई नचाएकी थिन । त्यस पछी एड रे , पोखराको फेमस ब्याड द एड्ग्य ब्याण्डले आफ्नो प्रस्तुति दिएर दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए भने अन्त्यमा किंग अफ बलिउड बादशाहले आफ्ना ब्याण्डका साथमा विभिन्न गीतहरु गाएर हजारौ दर्शकहरुलाई उनको तालमा नचाउन सफल भएका थिए ।

आयोजित कन्सर्टमा बादशाले आफ्नो वास्तविक जीवनको प्रेम कहानी सुनाउदै उनि पहिला पनि आफ्नी प्रेमिका सँग नेपाल आएको र त्यस पश्यात उनको भखरै सुरु भएको गायन तर्फको करियरलाई लिएर उनको प्रेमिकाले उनलाई छाडेको भन्दै सम्पूर्ण दर्शकलाई भावुक बनाएका थिए ।
यो पनि हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.