सन्जिबको ‘किन तिमी आज’बोल गीतको भिडियो सार्वजनिक

गायक सन्जिब पुडासैनीको डेब्यु निर्देशन र गायन रहेको गीत ‘किन तिमि आज’ को भिडियो सार्वजनिक भएको छ । अहिलेको चर्चामा रहेको वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समाबेश उक्त गीतमा थुप्रैले म्युजिकल्ली सहित अफिसियल भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गायक सन्जिब पुडासैनीको शब्द रचना र संगीत रहेको छ भने गीतलाई शैलेन्द्र यम मानन्धरले एरेन्ज गरेका छन् । काठमाडौँको ठमेल र ठमेल वरिपरि छायांकन गरि तयार गरेको यस गीतको भिडियोमा गायक सन्जिब पुडासैनी पनि फिचरमा छन् भने साथमा मोडल गरिमा श्रेष्ठ पनि भिडियोमा देख्न सकिन्छ । मिलन शंकरले खिचेको यस गीतको भिडियोलाई गायक सन्जिबले डेब्यु निर्देशन गरि तयार गरेका हुन् भने भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाइ एसिएन म्युजिकको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
हेर्नुहोस गीत:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.