फिल्म ‘छिरिङ्ग’ को ‘ए कान्छा…’मा एस र कामनाको रोमान्स (भिडियो)

यश कुमार निर्देशित तथा अभिनित फिल्म ‘छिरिङ्ग’ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ए कान्छा’बोलको गीतमा फिल्मका अभिनेत तथा निर्देशक गायक यश कुमार र गायिका सुनिता थेगिम्को स्वर रहेको छ ।

गीतमा पासाङ बाङबल र यशकुमारको शब्द तथा अम्बर गुरुङ र यश कुमारकै एरेन्ज रहेको छ । कोरीयोग्राफर कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको उक्त गीतमा यश कुमार र नव अभिनेत्री कामाना भुजेलको फिचर रहेको छ ।

फिल्म हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशका साथै लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथा तथा दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध आधारित रहेको छ। फिल्म्मा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण, मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्ममा यस कुमार, कामाना भुजेलका साथ गायक निमा रुम्बाको पनि मुख्य अभिनय रहेको छ ।

फिल्म अशोज १२ गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.