दलित भित्रको दलितको कथा बोकेको फिल्म ‘तुवाँलो’ को प्रिमियर अमेरिकामा

दलित भित्रको दलितको कथा बोकेको फिल्म ‘तुवाँलो’ को अमेरिकाको बाल्टिमोरमा प्रिमियर भएको छ ।

प्रिमियरमा मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महत लगायतले फिल्मका निर्माता तथा कलाकार गिरीप्रसाद सुनारलाई नासो संस्थाको तर्फबाट सम्मान गरेका थियो ।

दलित समुदायभित्रको दलित र भेदभाव तथा बेरोजगारको कथालाई समेटिएको प्रिमियर शोमा फिल्मले उठाएको विषय र प्रस्तुतिको अधिकांशले तारिफ गरेका थिए ।

जिएस मुभि मेकर्सको निर्माण एवं लुम्बिनी मुभि मेकरको प्रस्तती यो फिल्ममा भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण गरेका हुन भने फिल्मलाई दीपक परियारले निर्देशन गरेका हुन् । फिल्ममा सुशीलका अलावा पूजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरीप्रसाद सुनार, भिमसेन श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ रहेको ।

फिल्म नेपालमा भने बैशाखबाट देशब्यापी प्रर्दशनमा आउदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.