फिल्म ‘लभ स्टेसन’को शुभ मुहुर्त सम्पन्न

अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने  फिल्म ‘लभ स्टेशन’को शुभ मुहुर्त सम्पन्न भएको  छ । सोमबार विहान पशुपति मन्दिर स्थित फिल्मको  शुभ मुहुर्त गरिएको हो।

शुक्रबारबाट भारतको दार्जिलिङमा फिल्मको छायांकन हुने भएकाले  फिल्म निर्माण टिम भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् भने फिल्मका नायक नायिका पर्सि मात्रै जाने भएको निर्माता गोविन्द शाहीले जनाएका छन्।

उज्वल घिमिरेले निर्देशित फिल्म लव स्टेशन”को सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम फिक्कल हुनेछ। ५० दिनको छायंकन तालिका रहेको फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल रमेश बुढाथोकी, रवि डङ्गोल लगायतका कलाकारहरुको अभिनय रहनेछ।

यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा केही पृथक लभ स्टेशन बन्ने पनि प्रदीपले बताएका छन् । लिलिविलीमा प्रदीप खड्का र जसिता गुरुङ संगको जोडिलाई अत्याधिक रुचाएका थिए। आफ्नो जोडि र फिल्मको कथाले गर्दा आफू उत्साहित रहेको प्रदीपले बताएका छन् ।

आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल रहेका छन्। लभ स्टेशनलाई काफिया फिल्म्सको व्यानरमा काफिया शाही क्रिसु० र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन्।
यो पनि हेर्नुहोस:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.