बिदेश गएका नेपालीहरूको घरपरिवारको पीडा बेदना समेटिएको ‘परदेशमा’बोल गीतको भिडियो सार्वजनिक

चर्चित गायिका टीका प्रसाईको स्वरमा ‘परदेशमा’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । राजधानीको लाजिम्पाट स्थित सम्पदा गार्डेन होटेलमा एक कार्यक्रमको आयोजना गरि उक्त गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा रोजगारिको खोजीमा बिदेश गएका नेपालीहरूको पीडा बेदना, घरपरिवारको परिस्थिति, दुख बेदनालाई समेटिएको छ ।

करिब एक दर्जन पुस्तक लेखी सकेका नेपाल तरुण दलका महासचिव भूपेन्द्रजं शाहीको शब्द रचना रहेको उक्त गीतलाई राजिभ गुरुङले निर्देशन गरेका हुन् भने गीतमा रेखा पौडेलको संगीत, कमल सौरागको एरेन्जमेन्ट रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको उक्त भिडियोमा नम्रता सापकोटा र विवेक ठकुरीको फिचरिंग रहेको छ ।
हेर्नुहोस गीत:

यो पनि हेर्नुहोस;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.