डेब्यू फिल्ममै चकलेटी हिरोको क्रेज

सुत्र इन्टरटेन्मेन्ट – गतबर्ष सिनेमा ए मेरो हजुर २ रिलिज हुँदा चकलेटी हिरो सलिनमान बनियाँले क्रेज बनाए । यो सिनेमाले हलमा दर्शक बटुल्दा सलिनका लागि तछाडमछाड गर्ने यूवतीहरुको संख्या बढ्यो । सलिनको कपाल स्टाइल, कपडाको डिजाइन र लुक्सले तानेको थियो । अभिनय त उनको पनि त्यती तारिफ भएको होइन । सलिनमान बनियाँलाई नेपाली फिल्मको सुपरस्टार हिरोको सूचीमा राख्न थालिएको छ । दोश्रो सिनेमा यात्रा रिलिज भएको छैन । सलिन डेब्यू हिरोमा फापेका थिए ।

अभिनेता अनमोल केसीलाई होस्टेलमा काम गर्दा चकलेटी अनुहारले साथ दियो । यो सिनेमाले अनमोललाई पनि सुपरस्टार बनायो । अनमोल केसीलाई आज ५० लाखसम्म दिन निर्माताले लोभ नगर्नुको कारण उनीप्रति यूवतीको क्रेज हो । यूवायूवतीमा देखिएको क्रेज र उनको लुक्सले नै उनलाई महंगो हिरो बनाएको छ । होस्टेलको क्रेडिटले अनमोललाई आज सुपरस्टार बनाएको हो ।

फिल्म स्केप आफैले बनाउँदा नोटिस नभएपनि अभिनेता प्रदिप खड्कालाई प्रेमगीतले सुपरस्टार बनायो । प्रेमगीत सिनेमामा काम गरेपछि उनको सोही चकलेटी अनुहारले दर्शक तान्यो । प्रदिपले प्रेमगीत २, लिलिबिली र रोजमा प्रेमगीतको भन्दा तारिफ गर्ने काम गरेका छैनन् । तर, उनलाई सोही फिल्मले आज महंगो हिरो बनाइरहेको छ ।

अभिनेता धिरज मगरले डेब्यू गरेको इन्टु मिन्टु लण्डनमाले २ दिन हलमा राम्रो कमायो । धिरज मगरको चकलेटी अनुहारले नै दर्शक तान्यो । धिरजलाई अब सिनेमामा लिन निर्माता तछाडमछाड गर्दैछन् । धिरजको दोश्रो सिनेमा कस्तो आउनेछ र दर्शक कस्तो तान्नेछ भन्ने अहिले भन्न सकिन्न । तर, धिरज मगरलाई डेब्यू फिल्ममा उनको चकलेटी लुक्सले साथ दियो ।

म्यूजिक भिडियोमा काम गर्दा नै चकलेटी अनुहारले हिट बनेका पल शाह डेब्यू फिल्म नाई नभन्नु ल ५ बाट चम्किएका हुन् । उनलाई पनि डेब्यू फिल्मले साथ दियो । उनी महंगो बनेका छन् । दोश्रो सिनेमादेखि उनलाई त्यो चमकधमकलाई बचाउन नसकेको आरोप आउन थालेको छ । पल शाहलाई डेब्यू फिल्मले अगाडि तानिरहेको छ ।

चकलेटी अनुहार बोकेर आएका हिरोहरु डेब्यू फिल्ममा चम्केका छन् । यदि, डेब्यू फिल्ममै उनीहरुको चकलेटी मुहारले दर्शक लोभ्यायो भने उनीहरुको क्रेज केही बर्ष चलेको छ । जसरी, किस्मतबाट डेब्यू गर्दा आर्यन सिग्देल चम्किएका थिए ।

 

यो पनि पढ्नुहोस्ः

साम्राज्ञी रवाफ

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.