सार्वजनिक स्थानमै यी नायिका आफै किन नांगिइन् ? हेर्नुहोस फोटो

‘आफ्नो लडाइँमा म बेसहारा हुँ किनभने मेरो दुःख कसैलाई देखाइदिँदैन । जसको कारण म यत्रो ठूलो कदम उठाउन बाध्य भएँ र सार्वजनिक रुपमा कपडा उतारेँ ।’यो भनाई तेलुगू अभिनेत्री श्रीरेड्डी मल्लिडीको ।

तेलुगू फिल्म उद्योगमा कथित यौन उत्पीडनबिरुद्ध आफ्नो विरोध जनाउँदै पछिल्लो हप्ता हैदराबादको फिल्म नगरमा मूभी आर्टिस्ट एसोसिएशनका अगाडि उनले आफ्नो कपडा उतारेकी थिइन् ।
उनका अनुसार, आफ्नो कुरा सुनाउन र सरकारसँग आफ्नो मागबारे जवाफ लिन उनीसँग यो मात्र विकल्प बाँकी थियो । उनी प्रश्न गर्छिन्, ‘जब फिल्मी दुनिया मानिसहरू मलाई मेरो नग्न तस्विर र भिडियो पठाउन भन्छन् भने म सार्वजनिक रुपमा कपडा किन नउतारुँ ?’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.