प्रियंकाको ठुम्कासंगै सकियो ‘बादशाह जुट’को छायांकन

फिल्म ‘बादशाह जुट’को छायांकन सकिएको छ । सोमबार ललितपुरको श्रीकाली चौरमा ‘बादशाह जुट’मा समावेश लोक फेलेवरको गीतको छायांकनसँगै फिल्मको छायांकन सकिएको हो । निर्देशक जोनी सिंह राणाका अनुसार वैशाख १० गतेबाट छायांकन सुरु गरिएको फिल्मको एक गीतलाई छोडेर बाँकी काम पुरा भएको बताएका छन् । फिल्मको छायांकन सुरु भएको लामो समय भएता पनि छायांकनका लागी ५० देखि ६० दिन मात्रै क्यामेरा अन गरिएको उनको भनाई रहेको छ ।

छायांकनसँगै रिलिज डेट पनि फाइनल गरिएको छ । अब यो फिल्म अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट अल नेपाल रिलिज हुने निर्माण युनिटले बताएको छ । फिल्मका निमार्ता भोजराज श्रेष्ठले दुई राजाको कथामा निमार्ण भएको ‘बादशाह जुट’को छायांकनमा आफुले कुनै पनि कुराको कमी हुन नदिएको भन्दै फिल्म एकदमै राम्रो बन्ने विश्वास व्यक्त गरेका छन् ।


बादशाह जुट’मा सुशिल श्रेष्ठ, आमिर गौतम,रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्ममा चर्चित नायिका प्रियंका कार्की विषेश भुमिका रहेको छ । एच एण्ड बि फिल्मस् प्रा.ली. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा. ली.को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.