यस्तो बन्यो फिल्म ‘जय भोले’को पोस्टर साथमा प्रर्दशन मिती तय

फिल्म ‘ जय भोले ‘ को प्रर्दशन मितीसंगै अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य मुख्य सम्पूर्ण पात्रहरु आटाएका छन् भने फिल्म दशैँको फुलपाती अर्थात अशोज ३० गते बाट देशब्यापी प्रर्दशनमा आउने भएको छ ।

कमेडी दृश्य दर्शकले अधिकमात्रामा रुचाउने हुदै कमेडी जर्नलमा निर्मित अर्को फिल्म हो ‘जय भोले’ । फिल्ममा कमेडी संगसंगै एक्सन ,रोधन ,माया प्रेमलाई पनि समेटिएको छ ।

ए ए ग्रुप अफ कम्पनीको ब्यानरमा निर्माण भएको फिल्म ‘जय भोले ‘मा किरण शर्मा , कृति शर्मा , अंकित शर्मा निर्माता रहेका छन् ।


फिल्ममा राजन राज शिवाकोटीको संगीत ,खगेन्द्र लामिछानेको लेखन तथा अशोक शर्माको निर्देशन रहेको छ । फिल्ममा खगिन्द्र लामिछाने , सौगात मल्ल , स्वस्तिमा खड्का ,सलोन बस्नेत ,राधाराम पौडेल , बसुन्धरा भुसाल ,लक्ष्मी गिरि लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.