यस्तो छ फिल्म ‘थग्स अफ हिन्दोस्तान’मा आमिरको अवतार

यसराज फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा रहेको आमिर खानको अवतार सार्वजनिक भएको छ । केहि समय देखि फिल्मका मुख्य पात्रहरुको क्यारेक्टर मोसन पोस्टर सार्वजनिक हुने क्रममा सोमबार आमिर खानको फिल्ममा रहेको फस्ट लूक सार्वजनिक भएको हो ।


बलिउडकै सर्वाधिक महँगो फिल्ममा अन्तरगतको यो फिल्ममा उनि मुख्य भूमिकामा रहेका छन् । आमिरले ट्वीट मार्फत फर्स्टलुक शेयर गर्दै उनको फिल्ममा रहेको भूमिका र पात्र स्वभावका बारेमा लेखेका छन्, ‘र यो म हुँ, फिरंगी मल्लाह । म भन्दा ठुलो उच्च विचारको मान्छे तपाई दुनियाँमै भेट्न सक्न्नु हुन्न । सच्चाई मेरो दोस्रो नाम हो भने भरोसा मेरो काम । दिदि कसम ।’

विजय कृष्ण आचार्य निर्देशित फिल्ममा आमिरसँगै अमिताभ बच्चन, कट्रिना कैफ, फातिमा सना शेख, जोन क्लाइब लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म नोभेम्बर ८ बाट प्रर्दशनमा आउदै छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.