बलिउडका तीन खान मध्य कट्रिनाले किन रोजिन सलमान खान

बलिउड अभिनेत्री कट्रिना कैफले बलिउडका तिन खानः शाहरुख खान, आमिर खान र सलमान खान मध्य  सलमान खानलाई शाहरूख खान र आमिर खानको तुलनामा उत्कृष्ट अभिनेता मानेकी छिन । उनले यी तिनै खानहरु संग काम गरिसकेकी छिन भने उनलाई फिल्म इन्डस्ट्रीमा स्थापित गर्ने पनि सलमान खाननै हुन् ।

सलमान र कट्रिनाले ‘मैंने प्यार क्यों किया’, ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ लगाएतका फिल्महरुमा संगै काम गरिसकेका छन् । र यो जोडीलाई दर्शकले अत्याधिक मात्रामा रुचाउने गर्दछन ।

केहि समय पहिला करण जौहरको शो ‘कफी विद् करण’ को एउटा श्रृंखलामा उनले तीन खानको अभिनयको तुलना गर्नु पर्ने भनिएको थियो र उनले जवाफमा भनिन्, ‘सलमान खान सबैभन्दा अगाडि ।’ सलमान खान अन्य तीन खान भन्दा उत्कृष्ट रहेको उनले बताएकी छिन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.