नेपाली फिल्म क्षेत्रमा चर्चा कमाउन सफल बलिउडका यी अभिनेत्री

नेपाली फिल्म क्षेत्रमा आफ्नो बेजोड अभिनयका कारण स्थापित भएका नेपाली अभिनेत्रीहरु नेपालकै मात्र नभएर नेपाल बाहिरका पनि धेरै नै छन्। आज हामी तपाईहरुलाई केहि यस्ता अभिनेत्रीहरुको बारेमा बताउन गहिरहेका छौ जसले विदेशी भूमिमा आएर पनि आफ्नो नाम अनि दाम दुवै कमाउन सफल भए ।

माला सिन्हा:

पहिलो निजि क्षेत्रबाट लगानी गरिएको नेपाली कथानक फिल्म ‘माईतीघर’ की अभिनेत्री माला सिन्हा बलिउडकि चर्चित अभिनेत्री हुन्। वि.स.२०२३ सालमा प्रदर्शन भएको उक्त फिल्मको सफलता सँगै अभिनेत्री माला सिन्हाको पनि चर्चा चुलिएको थियो। पछि उनले सोहि चलचित्रका अभिनेता सी.पी. लोहनी सँग विवाहा पनि गरेकी थिईन ।

सुष्मिता बम्जन:
सुपरस्टार भुवन के.से.कि पुर्वपत्नी सुष्मिता बम्जन पनि भारतबाटै आएकी हुन्। उनले फिल्म ‘करोडपति’बाट यस क्षेत्रमा डेब्यु गरेकी थिईन जुन त्यो समयको सुपरहिट चलचित्र सावित पनि पनको थियो। पछि उनले सुपरस्टार नेपालीबाबु जस्ता केहि फिल्महरुमा अभिनय गरिन जुन राम्रै चलेका थिए।

निरुता सिंह:
फिल्म ‘दक्षिणा’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी यी सुन्दरी अभिनेत्री भारतको दार्जिलिंगमा जन्मिएकी हुन् ।उनले ‘दर्पण छाँया’, ‘रहर’, ‘आफन्त’, ‘आफ्नो मान्छे’ जस्ता दर्जनौ हिट फिल्महरुमा अभिनय गरिसकेकी छिन्। भारतीय भूमिबाट आएपनि निरुतालाई नेपाली चेली भन्नेहरुको संख्या धेरै छ।

रजनी शर्मा:
तुलशी घिमिरेले पहिलो पटक निर्देशन गरेको फिल्म बाँसुरी को अभिनेत्री रजनी शर्मा पनि भारतीय नागरिक हुन्। उनले बाँसुरी पछि प्रताब सुब्बा नेर्देषित फिल्म ‘मसाल’मा पनि अभिनय गरेकी थिईन।

५. भारती घिमिरे
निर्देशक तुलशी घिमिरेकी पत्नी तथा अभिनेत्री भारती घिमिरे पनि भारतीय मुलकी नेपाली अभिनेत्री हुन्। उनले कोशेली लगायतका केहि फिल्महरुमा अभिनेत्रीका रुपमा अकं गरिसकेकी छिन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.