‘चट्ट रुमाल क्या मालुम’को रिमिक्स ‘यात्रा’मा

सलिमान बानियाँ अभिनित फिल्म ‘यात्रा ‘मा पुरानो फिल्म ‘आफ्नो मान्छे’मा समावेस चर्चित गीत ‘चट्ट रुमाल क्या मालुम’को रिमिक्स राखिने भएको छ ।

केशब भट्टराई निर्मित फिल्म ‘आफ्नो मान्छे’मा समावेस भएको यो गीत आफ्नै अर्को फिल्म ‘यात्रा ‘मा उनले राख्न लागेका हुन् । अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंगको फिचर रहेको उक्त गीत निकै नै चर्चामा रहेको गीत हो । प्राय कमै मान्छे होलान जसले यो गीत सुनेका छैनन् ।

‘आफ्नो मान्छे’मा समाबेश यों गीतमा यी अभिनेता अभिनेत्रीले उत्कृष्ट अभिनएका साथ गीतलाई न्याय दिएका थियो भने अब बन्ने रिमिक्समा  सलिमान बानियाँ , सलोन बस्नेत, मल्लिका महतको अभिनय देख्न सकिने छ ।

चैत्रबाट प्रर्दशनमा आउने फिल्ममा समावेस यो गीत भने केहि समय पछि सार्वजनिक हुने फिल्म निर्माण टिमले जनाएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.