कम्तिमा पनि फिल्म किनेर हेर्ने बानी त लगाउनु पर्यो नी: दिपक राज गिरी

छोटो समयमै धेरै कमाई गर्न सफल फिल्म ‘छक्का पन्जा’को तेस्रो सिरिजको चर्चा अहिले कलिउड फिल्म उधोगमा निकै रहेको छ । केहि समय अगाडी फिल्मको ‘पहिलो नम्बर’मा बोलको गीत सार्वजनिक भएको थियो जसले १ महिना नपुग्दै युटूबमा करोड भिउज पाएको थियो भने केहिदिन अगाडी फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छ । जुन अहिले फिल्मसंगै चर्चामा रहेको छ ।

यसैक्रममा फिल्मका निर्माता दिपक राज गिरीलाई अहिले ‘छक्का पञ्जा २’ युट्युबमा कहिले आउँछ भन्ने प्रश्न सोध्नेहरुको संख्यामा बढी रहेको छ। भने आजकल दीपकले राख्ने गरेको फेसबकको हरेक स्टाटसमा ‘छक्का पञ्जा २’ युट्युबमा कहिले आउँछ’ भन्ने प्रश्न गरिरहेका हुन्छन ।

गत शनिबार भएको ट्रेलर रिलिज कार्यक्रममा दीपकराज गिरीले यसको जवाफ दिदै भनेका छन्, ‘छक्का पञ्जा २’ युट्युबमा आउन अझै समय लाग्छ । हलमा चलेको ३/४ महिनामा युट्युबमा फिल्म आउँदा हलमा गएर फिल्म हेर्ने दर्शकको संख्यामा कमी आएको र दीपकले अरु फिल्मकर्मीहरुलाई पनि फिल्म छिट्टै नै युट्युबमा सार्वजनिक नगर्न अनुरोध समेत गरेका छन् । यसका साथै दीपकले ‘छक्का पञ्जा २’ ढिलो गरी युट्युबमा आएता पनि ‘छक्का पञ्जा ३’ भने युट्युबमा नआउने ठोकुवा गरेका छन् । ‘‘छक्का पञ्जा ३’लाई कुनै पैसा तिरेर हेर्न मिल्ने साईट वा एप्लिकेसनमा राख्ने सोच बनाएका छौँ ।’ उनि भन्छन्, ‘कम्तिमा पनि फिल्म किनेर हेर्ने बानी त लगाउनु पर्यो नी !’ यसर्थ ‘छक्का पन्जा २’युटूबमा आएता पनि
‘छक्का पन्जा’को तेस्रो सिरिजको लागि दर्शकहरु हल पुग्नै पर्ने हुन आउछ ।

दीपाश्री निरौलाद निर्देशित फिल्मलाई सुमन गिरी, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजगाइँ, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनियाँ र केशव न्यौपानेले निर्माण गरेका हुन् भने फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, दीपिका प्रसाइँ, संजोग कोइराला, बुद्धि तामाङ, लक्ष्मी गिरी लगायतका कलाकारहरुकाे मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.