सन्नी लियोनीको लाइभ कन्सर्टमा हंगामा ,राखियो यस्तो शर्त

आगामी महिनाको ३ तारिखमा बेङलुरुमा सन्नी लियोनीको लाइभ कन्सर्ट हुने भनिएको छ ।

सो कार्यक्रम राज्यको मान्यता टेक पार्कको नजिक व्हाइट आर्किड होटलमा आयोजना हुदैछ । आयोजकका अनुसार, यसमा सन्नीले ३ वटा गीतमा डान्स गर्नेछिन । जसमध्य एक डान्स कन्नड हुनेछ ।

सन्नी लियोनी कार्यक्रममा आउने समाचारहरु सार्वजनिक भएसँगै कन्नड कार्यकर्ताले विरोध प्रदर्शन गर्दै उनीहरुले एक शर्त राखेका छन् उनीहरुका अनुसार सन्नीले सबै नृत्य कन्नड गीतमा नै गर्नुपर्ने उनीहरुको शर्त छ ।

यसअघि व्याङ्ग्लोरमा गत वर्ष पनि सन्नी लियोनीका कारण हंगामा भएको थियो । नयाँ वर्षको उपलक्षमा सनी नाइट इन व्याङलुरु २०१८ मा हंगामा भएको थियो ।

कन्नड कार्यकर्ताले सन्नीको कार्यक्रम कन्नड सभ्यताको विरोधमा भएको भनेका थिए । उनीहरुले कार्यक्रम स्थगन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका थिए भने राज्य सरकार पनि सन्नीक विरोधमा उत्रिएको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.