यी ३ हिरो, अनुहार चकलेटी तर स्टारडम बनेन

सुत्र इन्टरटेन्मेन्ट – नेपाली फिल्ममा अहिले चकलेटी हिरोको विगविगी छ । चकलेटी हिरोलाई दर्शकले मन पराउन थालेका छन् । चलकेटी अनुहारको आगमनले स्टारडम फेरि बढेको आभाष हुन थालेको छ । अभिनय जस्तो सुकै होस्, दर्शक अनुहार नै हेर्न भएपनि आइदिएका छन् । तर, सबै चलकेटी हिरोलाई अनमोल केसी, प्रदिप खड्काको जस्तो लक लाग्दैन । अभिनेता सलोन बस्नेत अभिनय निख्खर गर्छन् । उनी विना चलकेटी हिरोलाई चल्न पनि गाह्रो छ । तर, सलोन आफै भने चल्दैनन् ।

सलोनले सोलो हिरो भएर खेलेको सिनेमाले माखो मारेका छैनन् । सबै सिनेमा असफल छन् ।
उनीसँगै आएका अभिनेता अनमोल केसी सुपरस्टार बन्दा सलोन बस्नेत सोलो चल्ने अभिनेता बन्न सकेनन् । बरु, अनमोलको सिनेमामा उनको आवश्यकता सधै पर्छ ।

सलोन बस्नेतको जस्तै हाल अभिनेता अनुप विक्रम शाहीको पनि छ। अनुप विक्रम शाही पनि सोलो हिरोको रुपमा चल्दैनन् । तर, उनी कुनै हिरोसँग आए भने हिरोलाई नै ओझेल बनाइदिन्छन् । अनुप विक्रम शाही सोलो हिरो भएको कुनै पनि सिनेमा चलेका छैनन् । तर, उनको अभिनयको फ्यान धेरै छन् । सिनेमामा वेजोड अभिनय गरेतापनि उनी हिरोको नजरमा छायामा छन् ।

अभिनेता सारुक ताम्राकारको हाल पनि उस्तै छ । किनकी, सारुक ताम्राकारको अभिनयले दर्शकलाई तानिसकेको छ । इन्टु मिन्टु लण्डनमा उनी आएपछि मात्र सिनेमाले गती लिएको छ । उनले गरेको अभिनय ताली बजाउन योग्य छ । तर, सारुक ताम्राकारलाई सोलो रुपमा फिल्म खेलायो भने उनी चल्दैनन् । रानी, मेरी मामु पुरै डब्बा भएका थिए ।

सलोन, अनुप र सारुकले एउटै पीडा भोगेका छन्, सोलो नचल्ने, चलेका हिरोसँग आउदा उनीहरुलाई नै ओझेलमा पारिदिने ।
यी ३ राम्रो कलाकार त बनेका छन्, तर स्टार बन्न मुश्किल देखिएको छ ।

यो पनि पढ्नुहोस्ः

इनिसियल कमाइपछि किन थच्चिन्छन् फिल्म ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.