इन्टु मिन्टुले कमायो ३ करोड ३० लाख ( सेलिब्रेसन फोटो / भिडियो फिचर )

निर्माता प्रज्ज्वल शमशेर जवराले शुक्रबारदेखि रिलिज भएको इन्टु मिन्टु लण्डनमा सिनेमाले ५ दिनमा ३ करोड ३० लाख ग्रस कमाएको बताएका छन् ।
यो सिनेमाले शुक्रबार औषत ओपनिङ गरेतापनि शनिबार भने आक्रामक कमाई गरेको थियो । आइतबारदेखि सिनेमाको व्यापार बढेको निर्माताले बताए ।

आज ठमेलमा सिनेमा सफल भएको भन्दै केक काटिएको छ । केक काट्दै निर्माताले सिनेमाको लगानी बताउन नचाहेपनि कमाई भने खुलाएका थिए ।
सिनेमाको सफलतामा केक काट्दै गर्दा निर्देशक रेनशा वान्तवा राइले नयाँ सिनेमा बनाउने घोषणा गरिन् ।

आउँदो बर्षको दशैंमा रिलिज हुने गरि “आई एम ट्वान्टी वान “ सिनेमा बनाउने उनले बताइन् । अन्य कुरा पत्रकार सम्मेलन गरेर जानकारी दिने रेनशाले बताइन् ।
आई एम ट्वान्टी वानमा अभिनेता धिरज मगर हुने बिषयमा रेनशाले खुलाउन चाहिनन् । तर, रेनशाको व्यानरमा धिरज नै दोहोरिने पक्का छ ।

यस्तै, अभिनेता सारुक ताम्राकारले सिनेमा चलेको र आफ्नो कामको तारिफ भएको भन्दै खुशी व्यक्त गरे ।
कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित नभएको बिषयमा यसकी निर्देशकले दुख व्यक्त गरिन् । उनले साम्राज्ञी नआउँदा उनलाई मिस गरेको बताएकी थिइन् ।

सेलिब्रेसन भिडियो हेर्नुस

यो पनि पढ्नुहोस्ः

यी ३ हिरो, अनुहार चकलेटी तर स्टारडम बनेन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.