फेरी किन सर्यो आकाशको ‘ड्रिम गल’ !

फिल्म ‘रामकहानी’का अभिनेता आकाश श्रेष्ठ अभिनित फिल्म ‘ड्रिम गल’को प्रर्दशन मिती पुन परिवर्तन भएको छ ।

आकाश श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘ड्रिम गल’लाई आकाशको ‘रामकहानी’ले असर गर्ने हो कि भनेर निर्माण टिमले फिल्मको प्रर्दशनमा मिती परिवर्तन गरेको हो । गएको असार २९ पछि निर्माण टिमले फिल्म असोज १९ गतेबाट प्रर्दशनमा आउने तय भएको थियो ।

तर निर्देशक ऋषिराज आचार्यले एकपटक पुन विभिन्न कारण देखाउँदै उक्त फिल्मको प्रर्दशन मिती मंसिर ७ गतेलाई तय गरेका छन ।

आरबि मुभीजको ब्यानरमा बनेको फिल्ममा निर्माता निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल रहेका छन् भने सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी रहेको छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी तथा नवीन निरौलाको सम्पादन रहेको छ ।

फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डित लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.