नामले निम्त्याएको २ बर्षाको विवाद कामसम्म

सुत्र इन्टरटेन्मेन्ट – अभिनेत्री बर्षा राउत र बर्षा सिवाकोटीको नाम एउटै भएर होला, उनीहरुविच झगडा देखिन्छ । झगडा उनीहरुलाई मिडियाले बनाइदियो कि आफै ? दुबैले मिडियाले पारेको झगडा भनेर आरोप लगाउँछन् । तर, सिनेमा छाड्नु र गर्नुलाई मिडियामाथि दोष थोपार्न मिल्दैन । किनकी, मिडियाले २ जनालाई एउटै सिनेमा नखेल भनेको छैन ।

फिल्म मेरो पैसा खोई र गोपीमा बर्षा सिवाकोटीलाई बर्षा रावतले विस्थापित गरिन् । सिनेमा एउटा कलाकारले नगर्दा अर्को आउनु स्वभाविक हो । तर, कलाकारको रिप्लेसको खबरले सबैभन्दा ठूलो समस्या निम्त्याएको छ । बर्षा राउतले सिवाकोटीलाई रिप्लेस गरेपछि सुरु भएको यी दुइको युद्ध अब एकसाथ सिनेमा नखेल्ने विन्दुमा आइपुगेको छ ।


संचारकर्मी प्रकाश सुवेदीले नै निर्देशन गर्न लागेको सिनेमा बकम्फुसे राजालाई हेर्न सकिन्छ । यो सिनेमामा बर्षा राउत र बर्षा सिवाकोटीलाई नै अफर गरिएको थियो । तर, बर्षा सिवाकोटी अब विवादका कारण नगर्ने अवस्थामा पुगेकी छिन् । दुई बर्षा एकसाथ सिनेमा नखेल्ने मोडमा पुग्नु दुबैका लागि घाटा हो । तर, अहिलेसम्म बर्षा सिवाकोटीलाई घाटा बढी देखिएको छ ।


नेपालमा हिरोइनहरुको झगडा नौलो त होइन । तर, हिरोइनहरुको झगडामा दुई बर्षाको झगडा केही बढी नै छ ।
यी दुइले एकले अर्कोलाई कुनै पनि दोष दिदैनन् । आफूहरुमा समस्या पनि नभएको बताउँछन् । तर, लफडाको विन्दु केलाउने हो भने यी दुइमा जती लफडा अरु हिरोइनमा छैन भन्दा पनि होला ।

सुरुमा त यी दुइको नामले नै यो विवाद निम्त्याएको हो कि जस्तो देखिन्थ्यो । अब, नामबाट सुरु भएको इगो समस्या कामसम्म पुगेको छ ।

यो पनि पढ्नुहोस्ः

डेब्यू फिल्ममै चकलेटी हिरोको क्रेज

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.