‘नालापानी ‘को टिजर सार्वजनिक

‘नालापानी’को घटना,नेपालीहरुले अंग्रेजबाट पाएको दुख,पिडा जथा युद्धलाई समेटिएर बनाइएको फिल्मको अफिसियल टिजर सार्वाजनिक भएको छ । बिहिबार फिल्म निर्माण टिमले उक्त टिजर सार्वजनिक गरेको हो । टिजरमा बलभद्र कुँवर र नेपाली फौजको बहादुरीको कथा प्रस्तुत गरिएको छ ।

पद्मा कुमारी फिल्मस प्रा.ली. र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा रिमेश अधिकारी निर्देशन, मनोज शाक्य निर्माता तथा ज्ञानेन्द्र थपलिया कार्यकारी निर्माता रहेको फिल्ममा सह निर्माताका रुपमा गणेश कार्की रहेका छन् । फिल्ममा रिमेश अधिकारी र कृष्ण आचार्यको लेखन बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भिएफएक्स गरेको यस फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।

फिल्ममा देशभक्तखनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.