फ्राईडे रिलिज तीन फिल्म ,कसले मार्ला त बाजी

फ्राईडे रिलिज अर्थात आजबाट तीन नेपाली फिल्म देशव्यापी प्रदर्शनमा आएका छन् । ‘छिरिङ्ग’ ‘कथा काठमाण्डू’, र ‘अनुराग’ यी फरक-फरक विषय वस्तुमा निर्मित फिल्महरुले आजबाट देशका विभिन्न हलहरुमा प्रतिष्पधा गरिरहेका छन् ।

फिल्म ‘छिरिङ्ग’ लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथा तथा दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध आधारित रहेको छ। ‘कथा काठमाण्डू’मा घरेलु हिंसा तथा यौन धन्दाको बारेमा समेटिएको छ भने ‘अनुराग’ एक म्यूजिकल लभस्टोरीमा आधारित रहेको छ ।

फिल्ममा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण, मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको फिल्ममा यस कुमार, कामाना भुजेलका साथ गायक निमा रुम्बाको पनि मुख्य अभिनय रहेको छ ।

संगीता श्रेष्ठको निर्देशनमा बनेको फिल्मलाई बिजय राईले निर्माण गरेका हुन् भने फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या केसी, सञ्जोग कोईरालालगाएतका कलाकारहरु मुख्य अभिनय रहेको छ ।

ऋषि धमलाले निर्मित फिल्म ‘अनुराग’ मा उनकी श्रीमती एलिजा गौतमको डेब्यु अभिनय रहेको फिल्मलाई सत्यराज चौलागाईँ निर्देशन गरेका हुन् भने फिल्ममा एलिजाको अपोजिटमा समुन्द्र पण्डित रहेका छन् ।

एकै सातामा एक भन्दा बढी अर्थात ३ फिल्म प्रर्दशनमा आउदा फिल्मको ब्यापारमा निकै असन्तुलन आउने देखिन्छ भने अब बक्स अफिसमा कसको फिल्मले आफ्नो पल्लु दरो पार्ने हो त्यसका लागी भने केहि समय प्रतिक्षा गर्नु पर्ने हुन्छ ।
यो पनि पढ्नुहोस्:
यश कुमार निर्देशित‘छिरिङ्ग’को प्रिमियर शो सम्पन्न

‘नालापानी ‘को टिजर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.