आइडल स्वरले जित्ने कि पैसाले ?

सुत्र इन्टरटेन्मेन्ट – उत्कृष्ट १२ सम्म नेपाल आइडलका प्रतिस्पर्धीलाई निर्णायकले नै मुल्यांकन गरेका थिए । निर्णायकको मुल्यांकनको आधारमा टप १२ छनोट भए । तर, अब यसको सम्पूर्ण अधिकार निर्णायकमा हुने छैन ।
किनकी, अब टप १२ लाई दर्शकले पनि भोट गर्न पाउनेछन् । भोट गर्नका लागि मोबाइलमा एसएमएस र एप्सको व्यवस्था छ ।

नेपाल आइडलमा भोटिङ सुरु भएसँगै अहिले भोट गर्नेहरुको लहर चलेको छ । टप १२ देखि नेपाल आइडलको विजेता छनोट हुने दिनसम्म हरेक हप्ता दर्शकले भोट गर्नुपर्नेछ । यसबाट कति रकम नेपाल आइडललाई जान्छ, लेखाजोखा छैन । नेपाल आइडल स्वरको परिक्षण हो । जसले उत्कृष्टमा पनि उत्कृष्ट गीत गाउँछ, जसको स्वर उत्कृष्ट छ उसले नै नेपाल आइडल जित्नुपर्ने हो ।

तर, अब त्यस्तो हुने छैन । गतबर्षको नेपाल आइडलमा फस्ट रनरअप भएका निशान भट्टराइका पिताले छोरालाई भोट गर्नका लागि आफूले भैसी नै वेचेको बताएका थिए । अब, कति प्रतिस्पर्धीका परिवार, आफन्त र साथीभाइले के के वेच्ने हुन् थाहा छैन । नेपाल आइडलका लागि आफूलाई मनपर्ने प्रतिस्पर्धीका लागि दर्शकले भोट हाल्न मात्र होइन, किन्न पनि पाउनेछन् ।

विदेशमा बस्ने नेपालीले ५० भोट हाल्नका लागि १ डलर, १०० भोट हाल्नका लागि २ डलर खर्च गर्नुपर्नेछ । यसबाट उनीहरुले आफूले चाहेको प्रतिस्पर्धीलाई पैसा खर्च गरे अनुसार भोट हाल्न पाउनेछन् र जिताउन सक्नेछन् ।
नेपाल आइडलका लागि भोट किन्नुहोस् भनेर अहिले विज्ञापन छ्याप्तछ्याप्ती फेसबुकमा आउन थालेको छ । भोट हाल्ने तरिका एप्सबाट सिकाउन थालिएको छ ।

साच्चै, नेपाल आइडलले गायक छनोट गर्दैछ कि पैसावाला प्रतिभा ?
एउटा रियालिटी शोबाट पैसाले भोट किनेर प्रतिस्पर्धीलाई छनोट गर्नु पाउनुले के वास्तविक प्रतिभा भएका व्यक्ति छनोट होलान् त ?

यसले सही मान्छेलाई सही मुल्यांकन गर्न सकिएला त ? गतबर्ष भन्दा यो बर्ष आफ्नो क्रेज गुमाएको नेपाल आइडललाई दि भ्वाइसले उछिन्न थालिसकेको छ । अब, टप १२ मा देखिने भोट किन्ने विकृतीले असली प्रतिभा हराउने र भोट किन्न सक्नेले जित्ने निश्चित छ । नेपाल आइडल प्रतिभाले बन्ने कि पैसाले ?

भोटिङ एप्स यहाँ छ 

यो पनि पढ्नुहोस्ः

नामले निम्त्याएको २ बर्षाको विवाद कामसम्म

झक्कड़ थापाको भिडियो पनि हेर्नुस

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.