भयानक दृश्यहरुका साथमा फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर सार्वजनिक

आमिर खान अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर सार्वजनिक भएको छ । ठुलो क्यानभासमा खिचिएको यो फिल्म बलिउडकै सबै भन्दा महँगो फिल्म हो ।

सार्वजनिक ट्रेलर ३ मिनेट ३८ सेकेन्डको रहेको छ । जसमा निकै भयानक दृश्यहरुलाई समेटिएको छ । ट्रेलर रिलिज अगाडी सार्वजनिक गरिएका मोसन पोस्टरबाट फिल्मले अत्याधिक हाइप बटुलेको छ । फिलिप मेडोज टेलरको ‘कन्फेसन अफ अ ठग’ उपन्यासमा आधारित फिल्मले बलिउड बक्सअफिसका थुप्रै रेकर्डहरु तोड्ने अनुमान समेत गरिएको छ ।

यस राज फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई विजय कृष्ण आचार्यले निर्देशन हुन् भने फिल्ममा अमिताभले खुदाबक्षको, आमिर खान ‘फिरंगी मल्लाह’ र कट्रिना ‘सुरैया जान’को भूमिकामा रहेका छन् । फिल्ममा अमिताभ बच्चनका साथ आमिर खान, कट्रिना कैफ, फातिमा सना शेख, जोन क्लाइबजस्ता कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म नोभेम्बर ८ बाट प्रर्दशनमा आउदै छ ।
यो पनि हेर्नुहोस;

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.