अभिनेत्री करिश्मा मान्धर तथा वसुन्धरा भुसालले गरे बुटिकको उद्घाटन

फेशन डिजाइनर क्षितिजा शाक्यको बुटिक क्षितिजा अपारेलको शाखाको उद्घाटन भएको छ। अभिनेत्री करिश्मा मान्धरले रिवन काटेर पसलको आधिकारिक उद्घाटन भएको हो।

१४ वर्षदेखि फेशन डिजाइनिङ्को क्षेत्रमा कार्यरत शाक्यको नरदेविमा पनि बुटिक रहेको छ। उनले शाखा काठमाडौँ मलको चौथो तलामा खोलेकी हुन्। महिलाहरुको पहिरन विशेषगरी विवाहको लागि आवश्यक ब्लाउज, लेहेंगा, जुत्ता यस्तै पूजामा र क्याजल वेयरका कुर्ता सुरुवालहरु क्षितिजा अपारेलमा पाइन्छ।

यहाँ हातले भरेका तथा रेडिमेड कपडाहरु साथै बनारसी साडिहरु बिक्रिमा राखिएको छ। नायिका मानन्धरका साथमा नेपालको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका चैत्येदवी सिंह, हाँस्य सम्राज्ञी अभिनेत्री बसुन्धरा भुसाल लगायतको विशेष आतिथ्यतामा नायिका शाक्यको बुटिक भव्य रुपमा उदघाटन भएको हो।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.