किन परे चाम्सको रोजाईमा आकाश र वर्षा

मिलन चाम्स निर्देशित फिल्म ‘व्याचलर बन्टि’निर्माण गर्ने घोषणा केहि समय अगाडी भएको थियो । भने चाडैनै फिल्म फ्लोरमा जाने समेत बताइएको थियो तर अहिले यो फिल्म निर्माण केहि समयलाई पछि सरेको छ । उनले नायक अनमोल केसीलाई लिएर सो फिल्म बनाउन लागेका हुन् तर अनोल अहिले निकै व्यस्त भएको कारण फिल्मको छायांकन केहि समयलाई पछाडि सारेको निर्माण पक्क्षले जनाएको छ ।

फाल्गुनमा प्रर्दशन मिती तय गरिसकेको उक्त फिल्मलाई पछि सार्दै अहिले मिलन चाम्सले नयाँ बनाउने भएका छन् । उनले ‘वीरविक्रम २’ बनाउन लागेका हुन् । जसको छायांकन अबको केहि दिन पछि सुरु हुनेछ । फिल्ममा वर्षा शिवाकोटी र आकाश श्रेष्ठको मुख्य अभिनय रहने छ ।

यस अघि ‘वीरविक्रम ’मा दयाहाँगा राई, अनुपविक्रम शाही, दिया पुनको अभिनय रहेको थियो भने अहिले यी कलाकारहरु नदोहोरिने देखीएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.