बलिउडका यि नायिकाहरुको कमब्याक वर्ष

थुप्रै बलिउड ब्युटी लामो अन्तरालपछि ठूलो पर्दामा कमब्याक गर्दैछन्। विविध कारणले फिल्मबाट ब्रेक लिएका बलिउड नायिकाहरू सन् २०१८ मा रिलिज भएका विभिन्न फिल्मबाट ठूलो पर्दामा फर्किएका हुन्।
करिना कपुर
जुन १ बाट रिलिज हुने ‘विरे दी वेडिङ’ बाट सिल्भर स्क्रिनमा फर्किंदै छिन् बलिउड बेबो उर्फ करिना कपुर। शशांक घोषद्वारा निर्देशित फिल्म ‘विरे दी वेडिङ’ मार्फत करिना दुई वर्षको वि श्रामपछि सिनेमाको पर्दामा फर्कंदै छिन्। करिना सन् २०१६ सालको अन्त्यतिर ‘उड्ता पन्जाब’ मा देखिएकी थिइन्।

काजोल
काजोलको पनि पर्दामा फर्कने मिति तय भएको छ। प्रदीप सरकार निर्देशित फिल्म ‘इला’ बाट काजोल १४ सेप्टेम्बरमा सिल्भर स्क्रिनमा देखिने छिन्। यो फिल्म काजोलका पति अजय देवगनले निर्माण गर्दैछन्। फिल्ममा राष्ट्रिय पुरस्कार विजेता रिद्धिसेन काजोलको छोराको भूमिकामा छन्। यो फिल्ममा काजोल एकल महिलाको भूमिकामा देखिँदै छिन्। फिल्म खेल्ने विषयमा काजोल निकै चुजी छिन्। सन् २०१५ मा उनी शाहरुख खानको फिल्म ‘दिलवाले’ मा देखिएकी थिइन्।

उर्मिला मातोन्डकर
उर्मिला मातोन्डकर १० वर्षपछि हिन्दी सिनेमाको पर्दामा देखिने भएकी छन्। इमरान खानको फिल्म ‘ब्ल्याकमेल’ मा उर्मिलाले स्पेसल डान्स गरेकी छन्। पछिल्लो समय २००८ उनी ‘ईएमआई’ फिल्ममा देखा परेकी थिइन्।

माधुरी दीक्षित
माधुरी दीक्षित पनि यस वर्ष ठूलो पर्दामा देखिने भएकी छन्। माधुरीको कमब्याक पनि ठूलो पर्दामा चार वर्षपछि हुन लागेको हो। इन्द्र कुमारले निर्देशन गर्न लागेको फिल्म ‘टोटल धमाल’ मा माधुरी विशेष भूमिकामा देखिने भएकी छन्। फिल्ममा उनका पुराना कोस्टार अनिल कपुर पनि छन्। सन् २०१४ मा ‘गुलाब ग्याङ’ र ‘डेढ इस्किया’ मा उनी लिड रोलमा देखिएकी थिइन्।

ऐश्वर्या राय
ऐश्वर्या रायका फ्यानले पनि उनलाई छिट्टै ठूलो पर्दामा देख्न पाउने भएका छन्। २०१६ मा उनलाई ‘जज्बा’ र ‘ऐ दिल है मुस्किल’ मा देखिएको थियो। अब यो वर्ष ‘फन्ने खान’ फिल्मबाट उनी ठूलो पर्दामा देखिने भएकी हुन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.