तीन खान मध्य माधुरी दिक्षितको रोजाइमा शाहरुख खान, यस्तो छ कारण

बलिउडका तीन खान शाहरुख खान, सलमान खान र चर्चित आमिर खान। यि तीन स्टारको बलिउडमा निकै चर्चा चलेको पाइन्छ। तर तीनमध्ये कुन खानसँग काम गर्दा सबैभन्दा मजा आयो भन्ने सञ्चारकर्मीको प्रश्नमा अभिनेत्री माधुरी दिक्षितले शाहरुख खानको नाम लिएकी थिन ।

माधुरीले शाहरुखसँग धेरै वटा फिल्ममा अभिनय गरिसकेको स्मरण गर्दै उनीसँग काम गर्न निकै सहज भएको बताएकी थिन । उनले सलमान पनि सहज नै भएको बताइन् तर सलमानभन्दा शाहरुखको ‘सेन्स अफ ह्युमर’ राम्रो भएकाले उनीसँगै काम गर्न मजा आएको माधुरीले अनुभव समेत सुनाएकि थिन ।

माधुरीले शाहरुखको आफुँसँगै काम गर्ने अभिनेत्रीहरुलाई सहयोग र साथ दिने व्यवहार पनि धेरै नै मनपर्ने बताएकी थिन भने माधुरीले शाहरुखका साथ अन्जाम, कोयल, दिल तो पागल है, हम तुम्हारे हैं सनम, देवदास जस्ता फिल्महरुमा काम गरीसकेकी छन्।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.