दर्शकलाई दशैँको उपहार ‘डियर जिन्दगि’

कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर भएको छ ।

राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा मेघा टेली सिरियल ‘डियर जिन्दगी’ का निर्माता तथा निर्देशकलाइ रुद्राक्षको बिरुवा प्रदान गर्दै त्यसलाई स्याहार गरेर हुर्काउन र ‘डियर जिन्दगी’ को रुपमा ठुलो बनाउन र हरियाली कायम गर्न मद्दत पुर्याउन समेत अनुरोध गरिएको थियो।

‘डियर जिन्दगी’ मा जनक दीप पराजुलीको गीत जुनु गौतम र विल्सन श्रेष्ठको गायन डिजे एलेक्सको संगीत रहेको छ । च्यानल प्रोडुसर साजन घिमिरे,एसोसियट प्रोडुसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोडुसर रामकृष्ण बिसी,कार्यकारी प्रोडुसर युबराज खत्री र को प्रोडुसर रघुनाथ सापकोटा , वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको मेघा सिरियललाइ जीवन पराजुलीले छायांकन तथा धुर्ब राज पराजुलीले सम्पादन गरेका छन् भने सुमन कोइराला सह सम्पादक रहेका छन् ।

जनक दीप पराजुलीको कथा र निर्देशनमा बनेको मेघा टेली सिरियल ‘डियर जिन्दगी’ मा सुनिल थापा,पुस्कर जंग थापा,श्रेया कार्की,सुष्मा कार्की,सुवाश पराजुली,अर्जुन गौतम,राम कृष्ण बिसी,डीबी बम्जन,एलिना खनाल,वसन्त पोखरेल,सुरेश काफ्ले लगाएतका कलाकारको अभिनय रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.